७२ लाख बराबरको विभिन्न मालसामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बिरगंज ,८ जेठ ।

बिल बिजक भन्दा बढी औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक बिरगंजबाट पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी, हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आज बेलुकी  २:१५ मा वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क स्थित सडकखण्डबाट ना.६ ख ३३८८ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिईएको हो।

पक्राउ परेका ट्रक र सो  भित्र लोड रहेको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरुको मुल्य रू. ७२ लाख ७५ हजार ४ सय ८८ बराबरको मुल्यांकन गरि  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *