यौन धन्दाको आरोपमा दुई भारतीय सहित ७ जनालाई बिरगंजबाट पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज, १२ जेठ ।

वीरगञ्ज महानगरपालिका वार्ड न.१६ माईधिया पोखरी नगवास्थित लक्ष्मी होटल एण्ड पार्टी प्यालेसमा यौन धन्दा चलिरहेको आरोपमा पर्सा प्रहरीले होटल सञ्चालक जिराभवानी गाउँपालिका वार्ड न. १ निवासी विनोद मुखिया सहित यौन धन्दामा संलग्न ७ जनाहरुलाई बिहीबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार होटलमा यौन व्यवसाय चलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा , प्रहरी चौकी बसपार्क तथा वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा सन्युक्त प्रहरी टोलिले छापामारी गरि सञ्चालक मुखिया सहित दुई भारतीय कमलेश कुमार तथा सतिश कुमार र पाँचजना युवतीलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सातै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *