“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम छपकैया- २ मा सम्पन्न।

समाचार

रसीद आलम,बिरगंज ,१३ जेठ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम छपकैया- २ मा सम्पन्न भएको सामुदायिक प्रहरी सेवा छपकैयाले जनाएको छ।

आज विहान ८.०० वजेको समयमा  बिरगंज म.न.पा. वडा नं. २ स्थित छपकैया चोकमा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम अन्तर्गत मोटरसाइकल  चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउने ,नियम उल्लंघन गर्नेहरुलाई एकपटक सम्झाई बुझाई छाडने ,जनचेतना मुलक सम्बन्धि पम्पलेट वितरण कार्यक्रम तथा साईकलहरुमा रातिमा टलक्ने  स्टिकर टाँस्ने कार्य गरिएको  सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले जनाएका छन् ।

सो कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले गरेका थिए तथा प्रमुख अतित्थ्यमा वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको को उपस्थिति रहेको थियोे ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी निरीक्षक मणि राम थापाको अगुवाइमा सो कार्यक्रम संचालन भएको थियो।”जनसमुदायमा जनचेतनामूलक कार्यक्रम गरेर तथा ट्राफिक नियमलाई कडाइका साथ लागू गरेर सवारी दुर्घटना न्युनिकरण गर्न सकिने” प्रहरी निरीक्षक थापाले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

उक्त जनचेतना मुलुक कार्यक्रममा वडा न.२ का वडा अध्यक्ष महमद रेयाज मिया,वडा सदस्य बसिर मिया लगायत स्थानीय समाजसेवीहरु तथाबुद्धिजीवीहरुको उल्लेखनीय सहभागीता रहेकोे थियोे ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *