स्रोत नखुलेको आठ लाख रकमसहित बिरगंजमा एक ब्यक्ति पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,११ असार ।

आठ लाख स्रोत नखुलेको रकमसहित हुण्डी कारोवार गर्ने १ जना मानिस पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

असार ८ गते साझ ४:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा  प्रहरी चौकी ईनर्वाका वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आईरहेको ना.२८ प ९००८ नम्बरको मोटरसाईकल रोकी  खानतलासी गर्दा मोटरसाइकलमा सवार जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३३ को सुनिल कुमार साहले लगाएको हेलमेटभित्र स्रोत नखुलेको १००० दरका नोट ८०० थान गरी नेपाली रू.८ लाख  फेला परेको हुँदा उल्लेखित नम्बरको मोटरसाइकल र नगद सहित निज साहलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा मिति २०८०।०३।०८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान  भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले  जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *