१ करोड १५ लाख बराबरको अबैध प्याज पक्राउ: बारा प्रहरी ।

समाचार

बारा,रसीद आलम,९ पुस।

भन्सार छली चोरी तस्करीका करिब १ करोड भन्दा बढीका अबैध प्याज बाराको विभिन्न ठाउँबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका चौकीहरु समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अबैध प्याज रु.१ करोड १५ लाख ८ हजार ७ सय मुल्य बराबरको नियन्त्रणमा लिईएको जानकारी गराएको छ।

नियन्त्रणमा लिएको अबैध प्याज आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *