बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक थापाको कमान्डमा लाखौं मुल्य बराबरको कार तथा कपडा पक्राउ ।

समाचार

रसीद आलम,बारा,१३ पुस।

सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बारा मातहत नेपाल बोर्डर आउट पोष्ट बिओपी बरैनियाले लाखौं मुल्य बराबरको कार तथा कपडा पक्राउ गरेको छ।

बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्ड खटिएका टोलिले भारतिय नम्बर प्लेट एसके ०१पि १९६० नम्बरको हुन्डाई सैन्टरो कार बाराको बिश्रामपुर गा.पा.-३ मुसहर्वा सीमा नाकाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा कारको सवारी धनी प्रमाणपत्र ,लाईसेन्स तथा अन्य कुनै किसिमको कागज पत्र नरहेको र भन्सार पनि नकाटेकोले पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक थापाले जनाए।

प्रहरी निरीक्षक थापाका अनुसार सो भारतीय कार चेकजाच गर्ने क्रममा सवारी चालक कार छाडि फरार भएकोले झन् सन्कास्पद अवस्था सृजना भएकाले कारलाई नियन्त्रणमा लिई रु.१० लाखको मुल्यांकन गरि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।

त्यस्तै , बाराको बिश्रामपुर गा.पा.-४ बलिरामपुर सीमा नाकामा अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको रु.२ लाख १ हजार १ सय ७५ बराबरको विभिन्न किसिमका कपडाहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनिया मातहत एफ ओ बि बलिरामपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक ज्ञान बहादुर आले मगरको कमाण्डमा खटिएका गस्ति टोलीले पक्राउ गरेको छ।

गस्ती टोलीलाई देख्नासाथ उक्त कपडाहरु सोही स्थानमा छाडी तस्करहरु भागेकाले कपडाहरु बरामद  गरिएको बिओपी बरैनियाले जनाएको छ।

आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाईएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *