रसीद आलम,बारा,९ माघ।
गोलि प्रहार गरी हत्या गरेको आरोपमा एक भारतीय सुटरलाई बारा प्रहरीले पक्राउ गरेको छ।
असोज ९ गते बाराको पचरौता न.पा.वडा नं.६ नेपाल-भारत सीमा नजिक लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक गोलि प्रहार गरी एक भारतीयको हत्या भएको थियोे ।सो सम्बन्धमा बारा प्रहरीले अनुसन्धान गर्ने क्रममा माघ ८ मा एक जना ब्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ।
देश भारत जिल्ला मोतिहारी दर्पा थाना-१ सुक्लहिया गाँउ बस्ने वर्ष २२ को अजित कुमार सिंहलाई गोली प्रहार गरी हत्या भएको थियो।हत्या गरि फरार रहेका सुटर समुहका मध्येबाट रुपेश कुमार महतोलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
देश भारत जिल्ला मोतिहारी दर्पा थाना ग्राम पंचायत तिनकोनी वडा नं. १ सुक्लहिया टोल बस्ने कुम्ह महतोको छोरा वर्ष २२ को रुपेश कुमार महतो एक कुख्यात सुटर हुन, उनको अनेकौं अपराधिक पृष्ठभुमि रहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (डिएसपी )दधिराम न्यौपानेले जानकारी गराए।
पक्राउ परेका महतोलाई सम्मानित बारा जिल्ला अदालत कलैयामा उपस्थित गराईएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले जनाएका छन् ।
