हनी ट्रयाप गर्ने महिलालाई ६ महिना कैद सजाय

समाचार

काठमाडौं, ९ माघ । हनी ट्रयाप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ।

देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए।

आपराधिक लाभ कसुरमा श्यामलाल घिमिरे न्यायाधीशको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो। यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो। सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ।

उनीहरुविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो। पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *