काठमाडौं ,४ मंसिर ।दुर्गा प्रसाईँलाई सोमबार राति उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ।
प्रसाईँले केही घण्टा अगाडि मात्र पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब रुपैयाँको लगानी रहेको दाबी गरेका थिए। उनले यस सम्बन्धी केही दस्तावेजसमेत सार्वजनिक गरेका थिए।
प्रसाईँको यस दाबीले राजनीतिक वृत्तमा ठूलो हलचल मच्चाएको छ। पक्राउको कारणबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन, तर प्रसाईँका पछिल्ला अभिव्यक्तिहरूका कारण अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको अनुमान गरिएको छ।
स्रोतका अनुसार नक्कली डकुमेन्टको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोप उनीमाथि छ।सामाजिक सन्जालमार्फत् भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।
यस विषयमा थप विवरण आउन बाँकी छ।
