दाईजोमा सुनको सिक्री नपाएको भनी बेहुला पक्षले वेहुली पक्षसंग गरे झगडा,बेहुला पक्षको ५ जना पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

बिरगंज,३० फागुन ।

पर्सा प्रहरीले विवाह सम्बन्धी कसुरमा सलंग्न ५ जनालाई पक्राउ गरेको छ।

दाईजोमा सुनको सिक्री नपाएको भनी बेहुला पक्ष र वेहुली पक्षबीच वादविवाद भई झगडा हुँदा बेहुला पक्षको ५ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार फागुन २८ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित रामगढवामा बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष २८ को उमेश साह गोढको विवाहको लागि जन्ती आएकोमा सामाजिक परम्परा अनुसार विवाह भैरहेको अवस्थामा फागुन २९ गते अन्दाजी रातीको २:०० बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरूसंग वाद-विवाद तथा हातपात गरी विवाह छोडी जान लागेको मौखिक सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले बेहुला कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष २८ को उमेश साह गोढ ,बेहुलाको बुवा वर्ष ६० को बच्चालाल साह गोढ,बेहुलाको दाई बर्ष ४२ को राकेश कुमार साह,बेहुलाको दाई वर्ष ४० को मुकेश कुमार साह र बेहुलाको भिनाजु वर्ष ४५ को रामएकवाल साहलाई पक्राउ गरेको छ।

उक्त विवाह रद्ध गर्ने निजहरू विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट २ दिनको म्याद थप अनुमति लिई अनुसन्धान तथा आवश्यक कारवाही भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *