रसीद आलम ,बिरगंज ,३० फागुन ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा भंसार छली चोरी पैठारीका समानहरु विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौकबाट पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बुधबार साझ ६ बजेको समयमा वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वावाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको चकलेट, मोवाईलको डिस्पले, पापड र चप्पल रु.७ लाख ५० हजार बराबरको सामानहरु नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ।
सो सम्बन्धमा आवश्यक कार्वाहीको तथा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।