रसीद आलम,बारा,७ बैशाख।
बारा प्रहरीले २ सय ३० किलो लागू औषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बिहीबार ईलाका प्रहरी कार्यालय सिम्रौनगढले सो परिमाणको गाजासहित रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं.४ टेग्राहा बस्ने वर्ष २३ को चन्दन पासवानलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराको पचरौता नगरपालिका वडा नं.४ ईनर्वामा ४ वटा जुटको बोरामा उल्लेखित गाँजा राख्दै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोज्दा प्रहरीद्वारा १ राउण्ड गोली हवाई फायर गरि व्यक्ति र लागू औषध गाँजा लाई नियन्त्रणमा लिईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दधिराम न्यौपाने जानकारी दिए।
सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको तथा कानूनी प्रकृया अगाडि बढाईएको जानकारी डिएसपी न्यौपानेले दिए।