रसीद आलम ,बारा,१० जेठ ।
बारा प्रहरीले चेकजाँचको क्रममा मोटरसाइकलको इंडिकेटर लाईट भित्र लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध ब्राउन सुगर २.४ ग्राम बरामद गरेको छ।ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ७ लचका टोल बस्ने वर्ष २७ को सुनिल रूम्बा रहेको प्रहरीले बताएको छ।
विशेष सूचनाको आधारमा जेठ ८ गते बेलुका ४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाबाट सुनिल रूम्बालाई लागु औषध सहित पक्राउ गरेको हो।
मुसहर्वाबाट प्रसौनीतर्फ आउदै गरेको ना ६१ प १७२७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा इंडिकेटर लाईटभित्र लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
