प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ६८ दिनमा भन्सार दाखिला गरियो ५ करोडको मालसामान।

समाचार

बिरगंज ,१५ जेठ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले चैत ७ गते देखि जेठ १४ गतेसम्म ६८ दिनमा ५ करोड ५ हजार ७ सय ४ रुपैयाँ बराबरको तस्करीका विभिन्न मालसामानहरु बरामद गरि भन्सार दाखिला गरेको छ।

प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति (डिएसपी ) सुरज रिजालले गुल्मको कमान्ड सम्भालेका ६८ दिन भित्रमा तस्करी र तस्करलाई निरुत्साहित गर्दै आफ्नो कार्यक्षेत्र भित्रका सिमानाकाबाट ५ करोड ५ हजार ७ सय ४ रुपैयाँ बराबरको तस्करीका समान पक्राउ गरि बिरगंज भन्सार बुझाएका छन् ।

डिएसपी रिजालको कडा एक्सनले गर्दा केही तस्करहरु तस्करी गर्ने छोडेको तथा केहि तस्करहरु पलायन गरेको स्थानीयले बताउँछन्।

त्यस्तै, रिजालकै कमान्डमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले चैत ७ गते देखि जेठ १४ गतेसम्ममा स्रोत नखुलेको हुन्डिको रकम १२ लाख ३९ हजार बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।यो ६८ दिन भित्रमा ६६ बोतल लागु औषध ओनेरेक्स सहित ४ जना महिलालाई पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको गुल्मले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *