बिओपी बरैनियाद्वारा लाखौं मुल्य बराबरको भन्सार छलिएका समान बरामद ।

समाचार

बारा,१६ जेठ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बारा मातहतका बिओपी बरैनियाले भन्सार छलिएका चोरी तस्करीका रु.१ लाख ८३ हजारको समान बरामद गरेको छ।

जेठ १५ गते राती ९ बजेको समयमा बाराको बिश्रामपुर -३ खुदिया टोला सीमा ईलाकाबाट तस्करी गरि अवैधानिक रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु १ लाख ८३ हजार बराबरका कपडा, मोबिल र किसमिस लगायतका सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

बिओपिबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ति टोलीले सो अबैध समान बरामद गरी भन्सार बुझाउने प्रकृयामा रहेको बिओपी बरैनियाले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *