वीरगञ्जमा ७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

समाचार

वीरगञ्ज ,२४ भदौ । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले २०८३ भदौ २३ गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–२१, परवानीपुर चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो।

प्रहरीको विशेष टोलीले जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट DL12 CL 1984 को कार रोकी जाँच गर्ने क्रममा चालक बस्ने सिटको माथिल्लो भागमा प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको हो।

बरामद पदार्थ तथा सवारी साधनसहित भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल पुरैनिया लोहडिया–५ निवासी ३१ वर्षीय दिनेश प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *