बाराको बरैनियाबाट गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद

समाचार

बारा,२३ भदौ ।

बाराको बरैनियाबाट सशस्त्र प्रहरीले ५ किलो लागूऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमान्डमा खटिएको टोलीले बाराको बिश्रामपुर गाउँपालिका–४, बरैनिया क्षेत्रबाट ५ किलो गाँजा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो।

प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर आएका व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए। बरामद गरिएको गाँजा तथा मोटरसाइकल नियन्त्रणमा लिई फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *