बिरगंजका एन्जल बससहित पहिरोले बगाएका दुई बस त्रिशूलीमा खसे, खोजी कार्य जारी

समाचार

चितवन,२८ असार  । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको प्र.०३-००६-१५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूलीमा खसेको बताएको छ ।

एन्जल बसमा चालक र सहचालक सहित २४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।गणपति बसमा सवार रहेका मध्य ४१ जना बेपत्ता रहेको र उनिहरुको खोजी कार्य तीब्र रुपले भैरहेको प्रहरीले जानकारी गराएको छ।

यसै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृहप्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

उनले भनेका छन्- रायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *