बिरगंज ,८ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी बिट छपकैयाले लागू औषध ब्राउन सुगर( खैरो हिरोईन ) सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिरगंज महानगरपालिका -२ छपकैयाका वर्ष ४७ का सुरेश पहरी नाम गरेका ब्यक्ति रहेको प्रहरीले जनाएको छ।प्रहरी बिटका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा सुरेश लाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
प्लास्टिकको झोलामा लुकाई छिपाई लगिरहेको अवस्थामा सोमबार बिट अगाडिबाट प्लास्टिकसहित १५ ग्राम ब्राउन सुगर बरामद गरिएको पर्सा प्रहरीले जानकारी गराएको छ।
नियन्त्रणमा लिएको ब्यक्तिलाई लागू औषध संबंधित कसुरमा थप अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जनाएका छन् ।
