ठूलो मात्रामा हतियार र नगद बरामद

समाचार

काठमाडौं, भदौ २५ ।
भदौ २४ गते राति १० बजेदेखि देशभर नेपाली सेना सहितका सुरक्षा निकाय परिचालन भएपश्चात् आज बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानमा अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन्।

सुरक्षा निकायका अनुसार विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जनधनको क्षति गर्ने उद्देश्यले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको समेत जनाइएको छ।

काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न समूहबाट रु. ३३ लाख ७० हजार नगद बरामद भएको छ। त्यस्तै, काठमाडौंका विभिन्न स्थान र पोखराबाट गरी ३१ नाल विभिन्न प्रकारका हतियार, म्यागजिन तथा गोली–गठ्ठा समेत बरामद गरिएको सेनाले जनाएको छ।

घटनामा परी २३ जना नेपाल प्रहरी घाइते भएका छन् भने ३ जना सर्वसाधारणलाई समेत सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *