हेटौडामा चोरीका विभिन्न घटनामा संलग्न ८ जना पक्राउ

समाचार

मकवानपुर, ८ कात्तिक ।हेटौडा सिमेन्ट उद्योग लगायत हेटौडाको विभिन्न स्थानबाट चोरीमा संलग्न ८ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८१ असोज २३ गते राति हेटौडा सिमेन्ट उद्योगबाट विभिन्न आकारका बिजुलीको तामाका तार चोरी गरेको आरोपमा मकवानपुरका मनिराज थोकर , सन्त बहादुर तितुङ  र भारत मोतिहारीका दिल खुश कुमार साहलाई मिति २०८१ कात्तिक ७ गते पक्राउ गरिएको हो।

यस्तै, मिति २०८१ कात्तिक ३ गते हेटौडा उपमहानगरपालिका वडा नं. ८ मा रहेको शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी गर्ने सुशान्त श्रेष्ठ , सुमन राई र समिर घिमिरेलाई पनि मिति २०८१ कात्तिक ८ गते पक्राउ गरिएको छ।

सुशान्त श्रेष्ठले यसअघि मिति २०८१ असोज १६ गते हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम, नगद रु. २०,०००, र मिति २०८१ कात्तिक ३ गते रातो समाचार डट कम कार्यालयअगाडि पार्क गरिएको मोटरसाइकल समेत चोरी गरेको स्वीकार गरेका छन्।

यसैगरी, मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा शिखरकटेरी चोकबाट हेटौडा तर्फ ल्याउँदै गरेको अवस्थामा राजेश्वर चौधरी  र उनका मामा राहुल चौधरीलाई ३७.२३ किलो सेतो धातुको तारसहित पक्राउ गरिएको हो।

पक्राउ परेका सबैलाई चोरी तथा डाका मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *