पर्सामा ११हजार ५ सय गाँजाका बिरुवा नष्ट।

समाचार

रसीद आलम,बिरगंज ,२२ कार्तिक।

पर्सा प्रहरीले ११हजार ५ सय गाँजाका बिरुवा नष्ट गरेको छ।

कार्तिक २१ गते साँझ ४ बजे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, एकटाँगा र बडनियारका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको कमाण्डमा खटिएको २८ जनाको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाईएको गाँजाका बिरुवा फडानी गरी नष्ट गरेको छ।

प्रहरी टोलीले सखुवा प्रसौनी गाउँपालिका–१ खजुरिया, सखबनियार, सथलव, पर्सागढी नगरपालिका–३ झबराहा, र जगरनाथपुर गाउँपालिका–४ सुहपुर लगायतका क्षेत्रमा फैलिएको अन्दाजी ३२ कठ्ठा जमिनमा रोपिएको करिब ११ हजार ५ सय गाँजाका बिरुवा नष्ट गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

यस कदमले पर्सा जिल्लामा अवैध लागु औषधको खेती नियन्त्रणमा सघाउ पुर्याउने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *