भोली हुने स्थानिय तहको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा

बिदेश राजनीति समाचार

काठमाडौं, १५ मंसिर । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि भोलि हुने निर्वाचनको तयारी पुरा भएको छ ।

 

निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछन्। त्यसका लागि सम्पुर्ण पुर्वाधार तयार पारिसकिएको छ।
एक– एक नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका २ अध्यक्ष र ४ उपाध्यक्षसहित ३३ वडाध्यक्ष ४१ पदका लागि भोली उपनिर्वाचन हुन लागेको हो।

 

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *