भाजपा नेता आडबाणी अस्पताल भर्ना, उपचार हुदैँ

बिदेश राजनीति समाचार

नयाँदिल्ली, २९ मंसीर । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको छ ।

 

९६ वर्षीय भाजपा नेता लालकृष्ण आडवाणीको न्यूरोलोजी विभागका वरिष्ठ सल्लाहकार डा. विनीत सुरीको निगरानीमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखा परे पछि शुक्रबार राती उनलाइ अस्पताल लगिएको हो ।

 

यस अघि ०४ जुलाई २०२४ मा पनि आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको थियो। त्यसको केही दिनअघि आडवाणीलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको थियो। एक रात एम्समा बसेपछि उनलाई डिस्चार्ज गरिएको हो ।

 

लालकृष्ण आडवाणीलाई २७ जुनमा दिल्लीको एम्सबाट डिस्चार्ज गरिएको थियो । उमेरको कारणले गर्दा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई दिल्ली एम्समा भर्ना गरिएको हो । लालकृष्ण आडवाणीलाई जेरियाट्रिक विभागका चिकित्सकहरूको निगरानीमा राखिएको थियो।

 

चिकित्सकहरूले उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *