सीमा सुरक्षा र युवा शक्ति कार्यक्रम अन्तर्गत वीरगंज-१६ भन्सार चेकपोस्टमा सुरक्षा व्यवस्था अवलोकन

समाचार

बिरगंज ,११ फागुन । सामुदायिक सेवा केन्द्र ग्रीन सिटीको आयोजनामा हरिखेतान बहुमुखी क्याम्पस, वीरगंजमा आयोजित ‘सीमा सुरक्षा सम्बन्धी तथा युवा शक्ति कार्यक्रम’ अन्तर्गत भन्सार चेकपोस्टमा देखिएका सुरक्षा व्यवस्थाको अवलोकन गरिएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, पर्सा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाले सीमा सुरक्षाबारे जानकारी दिँदै युवा शक्ति राष्ट्रको अभिन्न र आवश्यक अंग भएको बताए।
ग्रीन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले पनि सीमा सुरक्षा सम्बन्धी विषयमा प्रकाश पार्दै सीमाको महत्व र सुरक्षा चुनौतीहरूबारे चर्चा गरे।

हरिखेतान बहुमुखी क्याम्पसका प्रमुखसहित क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा छात्र-छात्राहरूले वीरगंज–१६ मा रहेका सशस्त्र प्रहरीको चेकपोस्टमा लागू गरिएका सुरक्षा व्यवस्था तथा सिमानाकाको स्थलगत अवलोकन गरेका थिए।

यस कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षा व्यवस्थाबारे व्यावहारिक ज्ञान प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले जनाएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *