बारा प्रहरीले होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गरेको जानकारी दियो

समाचार

बारा, चैत २ ।

होली पर्व मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय बाराले कडा सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ। प्रहरी उपरीक्षक सन्तोष तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूबाट व्यापक प्रहरी जनशक्ति परिचालन गरिएको थियो।

प्रहरीका अनुसार, होली पर्व उल्लासमय वातावरणमा सम्पन्न भएको छ भने सामान्य घटनाबाहेक कुनै पनि ठूलो अप्रिय घटना नभएको जनाइएको छ। सवारी नियम उल्लङ्घन गर्ने ८२ वटा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ। साथै, होली मनाउने क्रममा उत्पन्न सामान्य विवादका कारण नियन्त्रणमा लिइएका ६ जनालाई सम्झाइ-बुझाइ छोडिएको प्रहरीको भनाइ छ।

शान्तिपूर्ण र मर्यादित रूपमा होली पर्व मनाउन सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि तथा बारा जिल्ला वासीलाई जिल्ला प्रहरी कार्यालय बाराले धन्यवाद ज्ञापन गरेको छ। बारा प्रहरीका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले यसबारे जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *