वीरगञ्ज-१६ इनर्वाबाट ठूलो परिमाणमा गाजा बरामद

समाचार

वीरगञ्ज, चैत ५ ।

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ इनर्वा गाउँबाट वेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाजा बरामद गरेको छ।

अस्थायी प्रहरी चौकी इनर्वाबाट प्रहरी सहायक निरीक्षक राजु पार्खिनको नेतृत्वमा खटिएको गस्ती टोलीले राजु सिंहको खाली जग्गामा तिरपालले छोपेर लुकाइ राखिएको ७५.७०० किलोग्राम गाजा फेला पारेको हो।

प्रहरीका अनुसार नियमित गस्तीका क्रममा शंका लागेपछि गरिएको जाँचमा उक्त परिमाणको वेवारिसे गाजा बरामद भएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *