५ लाख अवैध नेपाली रुपैयाँसहित भारतीय नागरिक रौतहटमा पक्राउ

समाचार

रौतहट, २३ चैत

रौतहटको सदरमुकाम गौरमा सशस्त्र प्रहरीको टोलीले ५ लाख अवैध नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ०५ जे १३२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख रुपैयाँसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्ति भारत बिहारको सितामढी जिल्ला, बैरगनिया–१४ पटेल चोकका १८ वर्षीय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले जानकारी दिए।

गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा शुक्रबार साँझ पक्राउ परेका पटेललाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *