इरान माथी आक्रामण नगर्न भन्दै ट्रम्पले नेतान्याहुलाई दिए चेतावनी

समाचार

काठमाडौं, १५ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरान माथी हमला नगर्न चेतावनी दिएका छन् ।

 

इरानसँगको नयाँ आणविक सम्झौताका लागि आफ्नो प्रशासनलाई थप समय दिन ओमान र इटालीमा धेरै चरणको वार्ता भइसकेकाले इरानविरुद्धको कुनै पनि आक्रामण नगर्न ट्रम्पले नेतान्याहुलाई चेतावनी दिएका हुन् ।

 

ट्रम्पले बुधवार ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘नेतान्याहूले इरानमाथी आक्रामण अहिले गर्न अनुपयुक्त हुनेछ किनभने हामी समाधानको धेरै नजिक छौं।’

 

इजरायली नेताले इरानी आणविक केन्द्रहरूमा बमबारी गर्ने धम्की दिइरहेका छन्। इरानले यस्तो आक्रमण गरे कडा जवाफ दिने बताइसकेको छ ।

 

यस बीचमा इरानले युरेनियम संवर्धन रोक्न सक्छ यदि अमेरिकाले स्थिर इरानी कोष जारी गरेर राजनीतिक सम्झौता अन्तर्गत नागरिक प्रयोगको लागि युरेनियम परिष्कृत गर्ने आफ्नो अधिकारलाई मान्यता दियो भने । जस पछि दुबै देशले फराकिलो आणविक सम्झौताको नेतृत्व गर्ने सक्ने जनाइएको छ।

 

वार्ता टोलीका नजिकका स्रोतहरूले बुधबार भने कि यदि वाशिंगटनले तेहरानको सर्तहरू स्वीकार गरेमा भने अमेरिकासँग छिट्टै राजनीतिक समझदारी हुनेछ । जसअनुसार तेहरानले एक वर्षको लागि युरेनियम संवर्धन रोक्नेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *