वीरगञ्ज, ९ असार । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ साल असार ७ गते साँझ ५ बजे वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित शंकर प्रसाद तेलीको घरअगाडि पार्किङ गरी राखिएको मधेश प्रदेश ०३-०३६ प ८५१७ नम्बरको २०० सीसीको एनएस मोटरसाइकलको लक तोडी चोरी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका–८ घर भई हाल बारा बारागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय छोटेलाल सहनी रहेका छन् । प्रहरीले उनीलाई मोटरसाइकल डोर्याइरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका सहनीलाई चोरी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।