वीरगञ्जमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न : नगर प्रमुख सिंहको प्रमुख आतिथ्यमा चार सय विरुवा रोपण

समाचार

वीरगञ्ज, असार २० ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बिहान ७:४५ बजेदेखि वीरगञ्ज महानगरपालिका वडा नं. १६ को रजत जयन्ती चौकदेखि बाइपास रोड हुँदै वैष्णवी मन्दिर चौकसम्म वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम वीरगञ्ज महानगरपालिका कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन), ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगञ्ज तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर–१० वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो।

कार्यक्रमको प्रमुख आतिथ्य वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहनुभएको थियो भने अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गर्नुभयो।

सुरक्षा निकायका पदाधिकारीहरू, नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विभिन्न जातका ४०० वटा विरुवाहरू रोपिएका थिए। कार्यक्रमको समापन बिहान ९:३० बजे गरिएको थियो।

कार्यक्रममा सहभागी प्रमुख व्यक्तित्वहरूः

१. राजेशमान सिंह – नगर प्रमुख, वीरगञ्ज महानगरपालिका
२. राधेश्याम धिमाल – सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण वीरगञ्ज
३. निराजन कटुवाल – प्रमुख सेनानी, श्री श्री जंग गण वीरगञ्ज
४. लोकेन्द्र सुब्बा – सशस्त्र प्रहरी नायब उपरीक्षक, प्रस्तावित गुल्म, वीरगञ्ज भन्सार
५. दिलीपराज कार्की – संयोजक अध्यक्ष, व्यवस्थित वीरगञ्ज अभियान
६. रामप्रसाद पाठक – प्रमुख भन्सार अधिकृत, वीरगञ्ज भन्सार कार्यालय
७. सुनिता पौडेल – भन्सार अधिकृत, वीरगञ्ज भन्सार कार्यालय
८. बिना जाकी बन्जर – उप सेनानी, श्री श्री जंग गण वीरगञ्ज
९. मनिष दास – भारतका महावाणिज्य दूतावास, वीरगञ्ज
१०. डा. अमर क्याल – कीरण आँखा अस्पताल, वीरगञ्ज
११. महेश सिंह धामी – वीरगञ्ज सामुदायिक आँखा अस्पताल
१२. हृदय नारायण साह – लेखा अधिकृत, वीरगञ्ज भन्सार कार्यालय
१३. सामा पाण्डे – भन्सार अधिकृत, वीरगञ्ज
१४. सर्फुदिन मियाँ – सरसफाइ अधिकृत, वीरगञ्ज महानगरपालिका
१५. सञ्जय शर्मा – उपाध्यक्ष, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र
१६. कैलाश बजाज, चन्द्र अग्रवाल, राकेश अग्रवाल, रतन तेमानी, शुशिल कादमियाँ, मुकेश खेतान – सदस्य, ग्रीन सिटी
१७. कमल चौगाई – अध्यक्ष, नेपाल इनोभेटिभ सोसाइटी
१८. अफताब आलम, अजित भूजेल, राजु सराफ – पत्रकार, विभिन्न सञ्चार माध्यमहरू
१९. गणेश बगरिया – सदस्य, ग्रीन सिटी
२०. मजिद मियाँ – अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र विर्ता
२१. प्रहरी नायब निरीक्षक रोशन कार्की, नगर प्रहरी नायब निरीक्षक लालप्रसाद लुइटेल, प्रहरी सहायक निरीक्षक बृजमोहन साह, प्रहरी वरिष्ठ हवल्दार राजेशप्रसाद साह, प्रेम राम, प्रहरी जवान अमरसिंह साउद, प्रहरी सहायक हवल्दार अजिता घिमीरे – प्रहरी तथा सुरक्षा निकायका प्रतिनिधिहरू

कार्यक्रमको उद्देश्य

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस वृक्षारोपण कार्यक्रममा सामुदायिक प्रहरी साझेदारी अवधारणाअनुसार समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूको सक्रिय सहभागीता रहनु कार्यक्रमको मुख्य विशेषता रह्यो।

उक्त वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न र नगर क्षेत्रलाई हराभरा बनाउन योगदान पुर्‍याउने विश्वास ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले व्यक्त गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *