अछामको मुजाबगरमा पहिरोले सडक अवरुद्ध, नेपाल प्रहरी तथा स्थानीयको पहलमा सडक खुलाउने प्रयास जारी

समाचार

अछाम — अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोशन गाउँपालिका–२ मुजाबगरस्थित जयगढ–शान्तडा भित्रि कच्ची सडकखण्डमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि यातायात सम्पर्क टुटिएको छ भने स्थानीय बासिन्दाहरूलाई दैनिक आवतजावतमा समेत समस्या भएको छ। पहिरोका कारण यात्रुहरू बाटोमै रोकिएका छन्।

घटनापछि नेपाल प्रहरीको टोली तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा सडक खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ। लगातारको वर्षाका बीच कठिन परिस्थितिमा उद्धार कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयवासीको सहकार्यमा जल्दै सडक खुल्ने आशा गरिएको छ। स्थानीय प्रशासनले पनि आवश्यक उपकरणसहितको टोली परिचालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *