अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

खेलखुद समाचार

काठमाडौं, २८ असार । शुभमन गिल यतिबेला उत्कृष्ट फर्ममा छन् ।

भारतीय टेस्ट टोलीको जिम्मेवारी लिएपछि पञ्जाबका यी दायाँ हाते ब्याट्सम्यानले धेरै रन बनाएका छन् ।

 

पहिलो दुई खेलको चार इनिङ्समा कुल ५८५ रन बनाएपछि गिलले शुक्रबार ११ जुलाईमा लर्ड्स टेस्टको पहिलो इनिङ्समा १६ रन बनाएर इतिहास रचेका थिए । गिलले इंग्ल्याण्डमा खेलिएको टेस्ट सिरिजमा भारतीय कप्तानले सर्वाधिक रन बनाउने विराट कोहलीको कीर्तिमान तोडेका छन् ।

 

२०१८ मा भारतको इङ्गल्याण्ड भ्रमणको क्रममा कोहलीले भारतको लागि सबै पाँच खेल खेलेका थिए र कुल ५९३ रन बनाउन सफल भएका थिए। तर, शुभमन गिलले लर्ड्समा इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो इनिङ्समा ९ रनको स्कोर पार गरेर कोहलीको कीर्तिमान तोडिदिए । उनी अब इंग्ल्याण्डमा टेस्ट सिरिजमा सबैभन्दा धेरै रन बनाउने पहिलो भारतीय कप्तानसमेत बनेका छन् ।

यति मात्र होइन, गिलको निशानामा राहुल द्रविडको कीर्तिमान पनि छ । वास्तवमा भारतका लागि इङ्ल्यान्डमा भएको टेस्ट सिरिजमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान राहुल द्रविडको नाममा रहेको छ। सन् २००२ मा भारतको इंग्ल्याण्ड भ्रमणका क्रममा द्रविडले सौरभ गांगुलीको नेतृत्वमा रहेको टोलीका लागि चार खेलबाट ६०२ रन बनाएका थिए। राहुल द्रविडलाई पछाडि छोड्न गिल मात्र एक रन टाढा छन्। तर, उनीसँग अझै मौका छ । उनले दोस्रो इनिङ्समा पनि यो कीर्तिमान बनाउन सक्छन् ।

 

भारतका लागि टेस्ट सिरिजमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान यशस्वी जैसवालको नाममा रहेको छ। सन् २०२४ मा भारत–इंग्ल्याण्ड सिरिजमा जैसवालले दुई दोहोरो शतकको मद्दतमा पाँच खेलमा कुल ७१२ रन बनाएका थिए। जसमा गिल जाँदैछन् । उनले यो कीर्तिमान पनि तोड्न सक्ने अनुमान अहिले पनि गर्न सकिन्छ किनभने उनी फर्ममा छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *