बारा, साउन २ ।
बारा जिल्लाको अमलेखगंजस्थित चेकप्वाइन्टमा प्रहरीले भन्सार छलि गरी काठमाण्डौंतर्फ ल्याइँदै गरेको खजुर र चिनी बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ११:३० बजे बर्दिबासबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५४३२ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाई राखिएको १८ काटुन खजुर र करिब १०० किलोग्राम चिनी फेला पारेको हो।
प्रहरीका अनुसार उक्त सामग्रीको अनुमानित मूल्य रू. १,८०,००० (एक लाख असी हजार रुपैयाँ) रहेको छ। भन्सार नतिरी अवैध रूपमा ल्याइएका ती सामानहरू नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
