पर्सा, साउन २९ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ४५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।
जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा सीमा इलाकामा टाउकोमा बोकेर ल्याउँदै गरेको अवस्थामा टोलीले सो चल्ला बरामद गरेको हो। बरामद गरिएको चल्लाको मूल्य करीब २ लाख २५ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए।
उनका अनुसार बरामद चल्ला नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइन प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा गणको परिमिटरभित्र खाडल खनी नष्ट गरिएको हो।
