भोजपुर, भदौ ४। भोजपुर जिल्लाको टेम्केमैयुम गाउँपालिका–१ बम्खुवा खोलाबाट ७६ वर्षीया वृद्धाको शव प्रहरीले फेला पारेको छ। नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागीबाट खटिएको सुरक्षा फौजसहितको टोलीले उक्त शव फेला पारेको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
यसैबीच, म्याग्दी जिल्लाको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बीच भागमा फसेका दुई युवकलाई भदौ ३ गते आश्रित गुल्म म्याग्दीले सकुशल उद्धार गरेको छ।
