बारा, ७ भदौ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ अन्तर्गतको ट्राफिक प्रहरी पोष्ट सिमराका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक बस्नेत प्रशंसा–पत्रद्वारा सम्मानित भएका छन्।
भदौ ६ गते जिल्ला प्रशासन कार्यालय, कलैयामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बस्नेतलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
प्रशंसा–पत्रमा बस्नेतले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा पुर्याएको योगदानको उच्च कदर गरिएको उल्लेख छ। विभागीय आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, इमानदार र कर्तव्यनिष्ठ ढंगले आफ्नो दायित्व निर्वाह गर्दै आएका उनले चालक र सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्।
ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै गुनासो रहित सेवा प्रदान गर्न सफल बस्नेतलाई प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सम्मानित वरिष्ठ नायब निरीक्षक अशोक बस्नेतलाई हार्दिक बधाई बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको छ।
