अमरपट्टीमा सशस्त्र प्रहरीद्वारा ५ केजी गाँजासहित दुई युवक पक्राउ

समाचार

पर्सा, २५ असोज ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी अमरपट्टीको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

असोज २५ गते दिउँसो करिब ३:२० बजे जिल्ला पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीस्थित सशस्त्र प्रहरी बीओपी अमरपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर केसीको कमाण्डमा खटिएको गस्ती टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जान लागेका ती व्यक्तिहरू ना. १३ प. ४६१८ नम्बरको रातो–कालो रंगको यामाहा अल्बा मोटरसाइकलमा सवार थिए। जाँचपड़ताल गर्ने क्रममा मोटरसाइकलको सिटमुनी र शरीरमा लुकाइ–छिपाइ ल्याउँदै गरेको अवस्थामा ५ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला पर्सा, पर्सागढी नगरपालिका–९, एकटाङ्गाका २९ वर्षीय गोपाल यादव र जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–६, बहुवरीका १९ वर्षीय गौतम पटेल रहेका छन्।

बरामद गरिएको लागुऔषधसहित दुवै जनालाई सशस्त्र प्रहरी बल बीओपी अमरपट्टीमा राखी आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया जारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *