मनाङमा भारी हिमपातपछि १५०० जनाको उद्धार, नेपाली सेनाको नेतृत्वमा सफल अभियान

समाचार

मनाङ, कात्तिक १२ ।
मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे क्षेत्रहरूमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका करिब १५०० जनालाई सुरक्षित उद्धार गरिएको छ।

उद्धारमा नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, मनाङबाट खटिएको टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहकार्यमा ठूलो सफलता प्राप्त गरेको नेपाली सेनाले जनाएको छ।

उद्धार गरिएका मध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेको बताइएको छ। हिमपातका कारण पैदल यात्रा अवरुद्ध भएपछि पर्यटक र स्थानीयवासीहरू उच्च हिमाली क्षेत्रमा फसिरहेका थिए।

नेपाली सेनाको टोलीले कठिन मौसम र हिउँका बीच पनि जोखिम मोलेर सबैलाई सुरक्षित स्थानसम्म पुर्‍याएको जनाएको छ। सेनाले यस्ता आपतकालीन अवस्थामा स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *