काठमाडौँ, ११ कार्तिक ।
भदौ २४ गते भएको प्रदर्शनका क्रममा राजधानीका विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले सो क्रममा हतियार समेत प्रदर्शन गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार ती व्यक्तिहरूलाई विभिन्न दसीका सामानहरू सहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेकाहरू यसप्रकार छन् —
१. सुजन वाईवा, २५ वर्ष, घर महोत्तरी बर्दिबास–५, हाल काठमाडौँ महानगरपालिका–३१ मिलिजुलि चोक।
२. युवराज भण्डारी, २४ वर्ष, घर दोलखा मेलुङ–६, हाल काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान।
३. अनिल बुढा, २५ वर्ष, घर कञ्चनपुर भिमदत्त–६, हाल काठमाडौँ महानगरपालिका–३१ ठुलो खरिबोट।
४. निखिल भुजेल, २१ वर्ष, घर गोरखा आजिरकोट–५।
५. सोयव खान, २४ वर्ष, घर भारत राजस्थान जयपुर, हाल गोकर्णेश्वर नगरपालिका–६।
६. विकाश आग्री, २० वर्ष, घर कञ्चनपुर महेन्द्रनगर औठपुर, हाल ललितपुर च्यासल।
७. तिर्थमान तामाङ, २१ वर्ष, घर दोलखा शैलुङ–८, हाल चन्द्रागिरी नगरपालिका बलम्बु।
८. राजेश तामाङ, २७ वर्ष, घर मकवानपुर बकैया–१।
९. मोहन तामाङ, ३२ वर्ष, घर काठमाडौँ नागार्जुन नगरपालिका–८।
१०. सुवाष तामाङ, ३१ वर्ष, घर नुवाकोट ककनि–१।
११. सुचेन तामाङ, २५ वर्ष, घर सिन्धुली सुनकोसी–१।
१२. सुवाष गोतामे, ४१ वर्ष, घर काभ्रे धुलिखेल–११।
१३. भुवन शाही, २७ वर्ष, घर कञ्चनपुर बेलौरी–१, हाल टोखा नगरपालिका–५ श्रीमार्ग, धापसी।
१४. सविन राई, २९ वर्ष, घर सिन्धुपाल्चोक इरखु–१, हाल कागेश्वरी मनोहरा, हरहर महादेव।
१५. गोबिन्द कुमार ठाकुर, २४ वर्ष, घर महोत्तरी लोहरपट्टी गाउँपालिका–७।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले प्रदर्शनको नाममा अराजक गतिविधि गर्दै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए। उनीहरूमाथि सम्बन्धित कानूनी प्रक्रिया अघि बढाइएको छ।
