मधेश प्रदेशको शान्ति–सुरक्षा, सुशासन र निर्वाचन तयारी सम्बन्धी समन्वय बैठक सम्पन्न

समाचार

महोत्तरी, १२ कार्तिक ।
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यमा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा मधेश प्रदेशको शान्ति–सुरक्षा, सुशासन, सेवा प्रवाह र आगामी निर्वाचन तयारी सम्बन्धी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा प्रदेशभरिको सुरक्षा अवस्थाको समीक्षा गर्दै आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी, समन्वय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

गृहमन्त्री अर्यालले देशभर सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आपसी सहकार्य र समन्वय अनिवार्य रहेको बताउँदै जनताको विश्वास जित्ने खालको प्रशासनिक र सुरक्षात्मक सेवा सुनिश्चित गर्न निर्देशन दिएका छन्।

बैठकमा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू, प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *