काठमाडौ ,१८ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्की र मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूबीच सिंहदरबारमा हार्दिक तथा समावेशी संवाद सम्पन्न भएको छ। बैठकमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकारले गरिरहेको तयारीबारे विस्तृत छलफल गरिएको थियो।
प्रधानमन्त्री कार्कीले सामाजिक–धार्मिक सद्भाव, स्थिरता र लोकतान्त्रिक अभ्यासलाई अझ सबल बनाउने लक्ष्यसहित सबै समुदाय र तह–तप्काबाट सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। मुस्लिम अगुवाहरूले पनि शान्ति, सद्भाव र निष्पक्ष निर्वाचनका लागि आफ्नो तर्फबाट सकारात्मक योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकलाई आगामी निर्वाचन प्रक्रिया तथा समग्र सामाजिक सद्भावका लागि महत्वपूर्ण र सकारात्मक पहलका रूपमा हेरिएको छ।
