पर्सामा लागु औषध मुद्दाका फरार प्रतिवादी भिखम मुखिया पक्राउ

समाचार

पर्सा, २४ मंसिर ।
लागु औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी भिखम मुखिया पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्साको प्रहरी प्रतिवेदन अनुसार नेपाल सरकार वादी र धिरज मालीसहित प्रतिवादी रहेका उक्त मुद्दामा बयान पोलबाट संलग्नता खुल्दै आएपछि ५२ वर्षीय मुखियालाई पक्राउ गरिएको हो।

पटेर्वा सुगौली गाउँपालिका–५, निचुटाका स्थायी निवासी मुखियालाई मंसिर २४ गते खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *