बिरगंज -१६ इनार्वामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो र सम्पर्क कार्यालय उद्घाटन

राजनीति समाचार

वीरगञ्ज, फागुन ५।पर्सा क्षेत्र नम्बर १ का नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नं. १६ अन्तर्गत इनार्वा क्षेत्रमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

मंगलबार आयोजित कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा युवासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव, सल्लाह र आशीर्वाद लिएका थिए। स्थानीयहरूसँगको भेटघाटले आफूलाई थप उत्साह र ऊर्जा मिलेको उनले बताए।

यसै अवसरमा इनार्वामै नेकपा (एमाले) को तर्फबाट चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ। उक्त कार्यालयले जनतासँग निरन्तर समन्वय कायम गर्दै विकासका एजेन्डा अघि बढाउने केन्द्रको रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

उम्मेदवार यादवले समृद्ध वडा, व्यवस्थित शहर र उज्ज्वल भविष्य निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ, सहयोग र विश्वास नै सबैभन्दा ठूलो शक्ति रहेको बताए।

स्थानीयस्तरमा चुनावी गतिविधि तीव्र बन्दै गएको अवस्थामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो, भेटघाट तथा सम्पर्क कार्यालय स्थापना गरेर जनसमर्थन जुटाउने अभियानलाई तीव्रता दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *