एसईई परीक्षा आजदेखि सुरु, सांसद पन्तद्वारा विद्यार्थीलाई शुभकामना

समाचार

पर्सा, १९ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर औपचारिक रूपमा सुरु भएको छ। यस वर्षको परीक्षामा सहभागी हुन लाखौं विद्यार्थी विभिन्न परीक्षा केन्द्रहरूमा उपस्थित भएका छन्।

यसै सन्दर्भमा पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद पन्त (हरि पन्त) ले परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्नुभएको हो।
सांसद पन्तले आफ्नो सन्देशमा परीक्षा जीवनको एउटा सानो हिस्सा मात्र भएको उल्लेख गर्दै अनावश्यक डर र तनाव नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गर्नुभएको छ। “तपाईंहरूले वर्षभरि गरेको मेहनत सफल होस्, उज्ज्वल भविष्यका लागि धेरै–धेरै शुभकामना,” उहाँले भन्नुभएको छ।

उहाँले विद्यार्थीहरूलाई सकारात्मक सोचका साथ परीक्षामा सहभागी हुन तथा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित समेत गर्नुभएको छ।

देशभर सञ्चालन भइरहेको एसईई परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउन सम्बन्धित निकायहरूले आवश्यक तयारी पूरा गरेको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *