बारामा जस्ताको छानाबाट खस्दा ५ वर्षीय बालक घाइते

समाचार

बारा, २० असार । बाराको परवानीपुर गाउँपालिका–३ लिपिनिमालमा जस्ताको छानाबाट खस्दा ५ वर्षीय बालक घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय साहेब हवारीका ५ वर्षीय छोरा आहिल हवारी रहेका छन्। शुक्रबार साँझ करिब ६ बजे आफ्नै घरको जस्ताको छानामा चढ्ने क्रममा उनी अचानक लडेर तल खसेका थिए।

दुर्घटनामा बालकको टाउको तथा शरीरको भित्री भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालकको हाल वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय परवानीपुरबाट प्रहरी नायब निरीक्षक बलराज गिरीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *