वीरगञ्ज, साउन ४ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक ले आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा एसपी पाठकले कार्यालयको सेवा प्रवाह, ट्राफिक व्यवस्थापन, अभिलेख तथा दैनिक कार्यसम्पादनको समीक्षा गरेका थिए। उनले ट्राफिक प्रहरी कर्मचारीहरूलाई सडक सुरक्षा, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, नागरिकमैत्री व्यवहार तथा अनुशासित ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
एसपी पाठकले बढ्दो सवारी चापलाई व्यवस्थित गर्न, दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन र सर्वसाधारणलाई सहज तथा गुणस्तरीय सेवा प्रदान गर्न ट्राफिक प्रहरीलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले एसपी पाठकको निरीक्षण तथा निर्देशनले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
