सडक विस्तारका लागि माईस्थान र आदर्शनगर क्षेत्रमा १० घण्टा विद्युत् अवरुद्ध हुने

समाचार

वीरगञ्ज, साउन १२।नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले सडक विस्तार कार्यका कारण बुधबार माईस्थान तथा आदर्शनगर क्षेत्रको विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।

वितरण केन्द्रले जारी गरेको सार्वजनिक सूचनाअनुसार २०८३ साउन १३ गते बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

प्राधिकरणले सडक विस्तार कार्यलाई सहज रूपमा सम्पन्न गर्न विद्युत् सेवा अवरुद्ध गर्नुपरेको उल्लेख गर्दै यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

निर्धारित कार्य सम्पन्न भएपछि विद्युत् सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *