बारा: ३५ लाख बराबरको खुद्रा सामानहरुसहित ट्रक पक्राउ ।

समाचार

रसीद आलम,बारा,९ असोज ।

बारा प्रहरीले ३५ लाख बराबरको खुद्रा सामानहरुसहित ट्रक र चालकलाई पक्राउ गरेको जनाएको छ।

मंगलवार बिहान् ८:२० को समयमा जितपुरसिमरा उ.म.न.पा.१८ बडहर्वा चोक स्थित प्रहरीको चेकिङ टोलीले कलैयाबाट पिलुवा तर्फ आउदै गरेको ना.२.ख.९७३८ नम्बरको ट्रक लाई रोकी चेकजाच गर्दा बिल भरपाई नमिलेको खुद्रा सामानहरु रु. ३५ लाख बराबरको
पक्राउ गरेको छ।

ट्रक चालक बारा परवानिपुर गा.पा.३ बस्ने बर्ष ४० को शौखत मिया लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *