रसीद आलम, बारा,२२ असोज ।
जिल्ला प्रहरी कार्यालय बारामा प्रमुख बनेर आएका दिन देखीनै प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले अबैध घरेलु मदिरा नियन्त्रण गर्ने ,घरेलु मदिरा बनाउने भट्टी नष्ट गर्ने अभियान तिब्र रुपमा संचालित गरेका छन् ।
सो अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँहरुमा छापामारी गरि भारी मात्रामा अबैध घरेलु मदिरा तथा भट्टी नष्ट गरेको जनाएको छ।
आइतबार बारा प्रहरीको टोलीले बाराको सिम्रौनगढ न.पा.वडा न.२अमृतगंजमा छापामारी गरि मदिरा राख्ने ११ वटा ड्रम,मदिरा तयार पार्ने १ वटा मेशिन बरामद गरि नियन्त्रणमा लिएको छ।
सो स्थानबाट मदिरा बनाउने कच्चा पदार्थ ८ हजार लिटर तथा तयारी मदिरा ५ सय लिटर बरामद गरि नष्ट गरिएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।
